
काठमाडौं, ४ भदौ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरकारको व्यंग्यात्मक आलोचना गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेता भट्टराईले सरकारको आलोचना गरेका हुन् । मुलुक जटिल अवस्थामा हुँदा हुँदै पनि सरकारले जनचासो र जनसुरक्षाको विषयमा उचित ध्यान नदिएको भन्दै उनले सरकारको आलोचना गरेका हुन् ।
उनले ट्विट गर्दै लेखेका छन्, ‘खाडीमा श्रमिक अलपत्र छन्, नेवानीको जहाज रित्तै फर्कन्छ, कोही जिम्मेवार हुन्न ! सांसदको लोगो २ कक्षाको बालकको स्केच जस्तो छापिन्छ, लाखौं चट् हुन्छ, कसैले जिम्मेवारी लिन्न ! जिल्ला जिल्लामा जोखिमपूर्ण बस्ती बेलैमा नसार्दा पैरोले दर्जनौंको ज्यान जान्छ, कोही जिम्मेवार हुन्न ! तै पनि सरकार स्वस्थ रे !’















प्रतिक्रिया