
काठमाडौं, ४ भदौ । आज बिहीबार पनि देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
बिहीबार दिउँसो देशभर मौसम सामान्यतया बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाकोको सम्भावना छ ।
यस्तै बिहीबार राती देशभरक मौसम सामान्य बदली भई बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने छ भने अन्य प्रदेशहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान महाशाखाको छ । ठूलो पानी पर्ने क्रम भोलि र पर्सीलाई भने अलि कम हुने बताइएको छ ।
कुन–कुन ठाउँमा छ बाढीको जोखिम ?
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको जानकारी अनुसार आज नारायणी, कर्णाली, महाकालीका सहायक नदीमा बहाव बढ्दो क्रममा रहने छ भने केही नदीमा सतर्कता आसपास पुग्न सक्ने बताएको छ ।
बिहीबार बिहान ७ बजेदेखि २४ घण्टासम्म कान्द्रा, मोहना, खुट्टिया, मछेली, सुहेली, चौधर, रंघुनलगायत नदीमा पानीको आकस्मिक वहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरेको छ । त्यसैगरी दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी भएर बग्ने साना नदीमा पनि आकस्मिक बहाव बढ्न सक्ने महाशाखाका अनुमान छ ।
नदीमा पानीको वहाब बढ्न गई हुन सक्ने जनधनको क्षतिलाई दृष्टिगत गरी नदी तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनानु पर्ने महाशाखाले बताएको छ ।















प्रतिक्रिया