काठमाडौं, ४ भदाै । प्रदेश २ का मन्त्री जितेन्द्र सोनल विवादमा तानिएका छन् । सोनलमात्रै होइनन् मुख्यमन्त्री लालबाबु राउत समेत विवादित बनेका छन् । उनीहरू अरुको कारणले भन्दा पनि आफ्नै कारणले विवादमा परेका हुन् । सोनल र राउतलाई लगभग उस्तै समस्या छ । सोनलका गडफादर महन्थ ठाकुरले साथ छाडेका छन् । मुख्यमन्त्री राउतलाई भारतले अविश्वास गर्न थालेका छन् ।
राउतले प्रदेश २ मा मदरसाहरूलाई चाहिनेभन्दा धेरै ध्यान दिएपछि भारत रिसाएको छ । राउतलाई मुख्यमन्त्रीबाट फाल्न भारतले चाहेको स्रोतले जनाएको छ । भारतकै दवाव र बलवुताले राउत प्रदेश २ को मुख्यमन्त्री बन्न सफल भएका थिए । राउत मुख्यमन्त्री बनेपछि पाकिस्तानको दवावमा मदरासम्बन्धी विधेयक पास गराउन खोजेका थिए ।
भारत रिसाएपछि त्यो विधेयक समितिमा बिचाराधीन छ । राउतले तराईका मदरसाहरूलाई अलिक धेरै नै महत्व दिने गरेका छन् । कोरोना रोक्नेभन्दा पनि केन्द्र सरकारसँग विवाद गर्ने, प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई गाली गर्ने, आफ्नै पार्टीका नेताहरूको मानमर्दन गर्ने जस्ता कार्यले राउत आलोचित हुन पुगेका छन् । राउतर्लाइ संसदीय दलको नेताबाट हटाउने तयारी समेत भएको छ ।
दुई पार्टी एकीकरण भएपछि संसदीय दलको नेताले अनुमोदन लिनुपर्छ । तर, राउनले आफू अनुमोदित भएका छैनन् । संसदीय दलको नेताको चुनाव भयो भने मन्त्री जितेन्द्र सोनल, मन्त्री विजय यादव, अर्थ समितिका सभापति मनीष सुमन उम्मेदवार बन्ने पक्का छ । यस्तो अवस्थामा राउतको दलको नेता पद र मुख्यमन्त्री पद दुबै गम्ने ठूलो खतरा रहेको छ । मन्त्री बनेपछि सोनल र यादबले जनताका लागि सिन्धो पनि भाँचेका छैनन् । मन्त्री यादवले सचिव कुटेका व्यक्ति पनि हुन् ।
मन्त्री सोनलले केही महिला अगाडि ललितपुरको हात्तिबनमा रहेको महन्थ ठाकुर बस्ने घर मैले किनिदिएको हुँ भनेपछि विवादमा तानिएका थिए । उनको यो अभिव्यक्तिलाई लिएर मधेस केन्द्रित नेताहरूका बीच खैलाबैला नै भएको थियो । सोनालको त्यो कुराले ठाकुर रिसाएका छन् ।
जसपाका संयोजक ठाकुरले त्यो घर छोरीलाई करीव ४–५ अरब खर्च गरेर किनेको स्रोतको भनाइ छ । ठाकुरकी छोरी बुबाले दिएको घरमा बस्ने अवस्थाकी पनि छैनिन् । ठाकुरका सम्धी हुनेखाने परिवारका हुन् । ठाकुर हत्तिबनको घरमा बस्दै आएका छन् । त्यही घर खरिद गर्दा ब्रिफकेशबाट पैसा दिएको भनेपछि ठाकुर मन्त्री सोनलसँग रिसाएको चर्चा छ ।
उता, जनता समाजवादी पार्टी (जसपा)का १४–१५ जना प्रदेश २ का प्रदेश सांसदहरूले सरकार फेर्न माग गरेर शीर्ष नेताहरूलाई भेट गरेका छन् । साउन दोस्रो हप्तादेखि नै प्रदेश २ को लालबाबु राउतलाई मुख्यमन्त्रीबाट हटाएर नयाँ सरकार बनाउन दवाव परेकाे छ ।















प्रतिक्रिया