बैतडी, ४ भदाै । बैतडी जिल्लाकाे लामाखेतमा हाइस बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका वडा नम्वर ६, लामाखेतमा बस दुर्घटना भएकाे हाे ।
महेन्द्रनगरबाट दार्चुला तर्फ गइरहेको बा ३ ख ९११७ नम्वरको हाइस बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
गम्भीर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेरबहादुर साउद र दार्चुलाको शैल्यशिखर नगरपालिका ९ की २५ वर्षीया विस्ना जोशी रहेकी छिन् ।











प्रतिक्रिया