२ कार्तिक २०८३, सोमबार

क्यालिफोर्नियाकाे डढेलो नियन्त्रणका क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, ४ भदाै । अमेरिकाको क्यालिफोर्नियामा डढेलो नियन्त्रणमा खटिएको हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।

पानी खसालेर आगो नियन्त्रणको प्रयासमा रहेको हेलिकप्टर दुर्घटना हुँदा विमानमा रहेका एक मात्र पाइलटको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

कोएलिन्गा शहर नजिकै हेलिकप्टर दुर्घटना भएको हो । क्यालिफोर्नियाका गभर्नर गाविन न्यूसनले राज्यका विभिन्न वन क्षेत्रमा डढेलो बिस्तार भइरहँदा आपतकालीन अवस्था घोषित गरेका छन् ।

सन फ्रान्सेस्कोको नजिकका क्षेत्रका हजारौँ मानिस डढेलो तीव्र गतिमा बिस्तार हुँदै जाँदा सुरक्षित स्थानमा गएका छन् । भाकभिल शहर सबैभन्दा बढी जोखिममा आएको हो । भाकभिलका ५० भन्दा बढी भौतिक संरचना डढेलोले ध्वस्त भएका छन् ।