
काठमाडौँ, ३ भदौ । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सकिएको छ ।
बैठक वुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा बसेको हो ।
बैठकमा हालसम्म कोरोना नियन्त्रणका लागि गरिएका कामहरुका बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको सिसिएमसीका प्रवक्ता महेन्द्र गुरागाँईले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीसँग दोहोर छलफल नभएको र उनले ब्रिफिङ सुनेपछि धन्यवाद दिएको बताइएको छ ।
बैठकमा कोरोनाभाइरस संक्रमणका अवस्थाको जानकारी गराइएको र उपत्यकामा भोलिदेखि हुने निषेधाज्ञाको बारेमा पनि प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरिएको बताइएको छ ।















प्रतिक्रिया