
काठमाडौँ, ३ भदौ । प्रदेश २ मा वुधबार एकैदिन ३ सय ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार ८ सय ९२ पुगेको छ । देशभरमध्येमा सबैभन्दा धेरै प्रदेश २ का रहेका छन् । त्यस्तै, गत २४ घण्टामा प्रदेशमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी १ सय ९६ जना पर्साका रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै पर्सामा कूल संक्रमितको संख्या १ हजार ६ सय ३९ पुगेको छ ।
त्यस्तै, बारामा २४ जना, रौतहटमा ३७ जना, सर्लाहीमा ८९ जना, महोत्तरीमा ९ जना, धनुषामा २७ जना, सिरहामा ९ जना र सप्तरीमा १ जना थपिएका छन् ।
प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । बुधबार पर्सा जिल्लाका ४० वर्षीया महिला, ६० र ८६ वर्षीय पुरुष गरी तीन जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार ८६ जना निको भएर घर फर्केसँगै घर फर्किनेहरुको संख्या ३ हजार ८ सय ७६ पुगेको छ ।















प्रतिक्रिया