२ कार्तिक २०८३, सोमबार

सीसीएमसीको बैठक जारी, कोरोना नियन्त्रणबारे निर्णय हुने

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३ भदौ । बालुवाटारमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसिरहेको छ ।

बैठकले कोरोनभाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका विषयमा भावी रणनीति तय गर्ने बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

पछिल्लो समय देशभ कोरोनाभाइरस संक्रमणका दर बढीरहेको छ । त्यस्तै, जनस्वास्थ्य विज्ञहरुका अनुसार समुदायमा संक्रमण फैलिएको बताइएको छ ।

यस अवस्थामा संक्रमणलाई नियन्त्रण गर्न सरकारले कडाइ गर्ने नीति अपनाएको छ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।