६ कार्तिक २०८३, शुक्रबार

कालिकोटमा पहिरोमा परी ४ जना बेपत्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३ भदौ । कालिकोटमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् ।

नरहरिनाथ गाउँपालिका–५ मा पहिरोले पुरेर ४ जना बेपत्ता भएका हुन् ।

पहिरोले रुप्सा लेकमा रहेको तुले सहकारी र धने सहकारीको गोठ बगाउँदा चारजना बेपत्ता भएका कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

अविरल बर्षाको कारण बुधवार बिहान आएको पहिरोमा परेर बेपत्ता हुनेमा ६० बर्षिय चन्द्र सहकारी, २९ बर्षिया पम्फादेबी सहकारी, ३० बर्षिया भीमा सहकारी र उनको छोरा ९ बर्षिय रमित सहकारी छन् ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीले बेपत्ताहरुको खोजि गरिरहेका छन् ।