६ कार्तिक २०८३, शुक्रबार

प्रदेशसभा सांसदसहित कर्णालीमा थपिए ४३ कोरोना संक्रमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । कर्णाली प्रदेशमा वुधबार थप ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये एक जना प्रदेशसभा सांसद पनि रहेका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट गत २४ घण्टामा थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेशसभाका एकजना ५३ वर्षीय सांसदलाई समेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीका अनुसार थपिएका संक्रमितमध्ये सल्यानका १७, सुर्खेतका १० जना, जुम्लाका ९ जना, दैलेखका ४ जना, बाँके, डोल्पा र कास्कीका एक एकजना रहेका छन् ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ३० पुगेको छ ।

हालसम्म कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना संक्रमितको मृत्यु भएको छ भने १९२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।