६ कार्तिक २०८३, शुक्रबार

थप ६ कोरोना संक्रमितको मृत्यु पुष्टि, मृतकको संख्या १२० पुग्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३ भदौ । कोरोनाभाइरस संक्रमणबाट वुधबार एकैदिन थप ६ जनाको मृत्यु भएको छ ।

यससँगै मृत्यु हुनेको संख्या १ सय २० जना पुगेको छ ।

नेपालमा वुधबार थप ६ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ सय २० जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ ।

हाल देशभर ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण भएको थियो । त्यस्तै, थप ६ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या १ सय २० जना पुगेको मन्त्रालयले जनाएको छ ।