पाेखरा, ३ भदाै । पोखरामा मंगलबार राति भएको सवारी दुर्घटनामा एकजना प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा प्रहरी हवल्दार घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग १ ब ३६९ नम्बरकाे मोटरसाइकलाई प्रस्याङबाट मालेपाटन आउँदै गर्दा सोही दिशाबाट आएको ग २ च २६२६ नम्बरको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकाेमा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिएका छन् ।
घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको छ । उनकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया