आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मालीका राष्ट्रपति र प्रधानमन्त्री विद्रोही सैनिककाे नियन्त्रणमा

दैनिक नेपाल २०७७ भदौ ३ गते ८:१३

माली, ३ भदाै । मालीका राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिलाई त्यहाँका विद्रोही सैनिकले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति इब्रहिम बुबाकार केयटा र प्रधानमन्त्री बूबू सीशेलाई सैनिकले गिरफ्तार गरेको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।

उनीहरूलाई बमाकोबाट करीब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको छ । सो ठाउँमा गोली चलेको आवाज पनि सुनिएको स्थानीयले बताएका छन् ।

कनिष्ठ सैनिक अधिकृतले त्यहाँका उच्च कमान्डरलाई कब्जामा लिएर छाउनी नियन्त्रणमा लिएपछि विद्रोही सैनिकहरु राजधानीमा व्यापक मात्रामा देखिएका छन् ।

सैनिकहरुले राष्ट्रपतिका छोरा, माथिल्लो संसदका सभामुख, विदेशमन्त्री, अर्थमन्त्रीलागयतलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराको नेतृत्वमा सैन्य कु भइरहेको बताइएको छ । सैन्य विद्रोहमा के कति सहभागी छन् र किन उनीहरूले विद्रोह गरेका हुन् भन्नेबारेमा स्पष्ट भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित