
सिन्धुपाल्चोक, २ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा–२ लिदीको पहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ भने अझै १५ जना बेपत्ता छन् ।
मंगलबार दिउँसोसम्म २४ जनाको शव फेला परेको हो । मंगलबार थप २ जनाको शव फेला परेसँगै मृतकको संख्या २४ पुगेको हो ।
पहिरोमा परी मृत्यु हुनेमध्ये धेरैजसो बालबालिका र महिला छन् । हालै भेटिएको शव ७२ वर्षीया शिरमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको हो ।
३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीया छिरिङ दोङ, ८० वर्षीया जिते झाँक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महीनाका रेमिश दोङ, १६ वर्षीय माईला पराङ दोङको शव यसअघि फेला परिसकेको छ ।
यसैगरी ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षीया च्यामा दोङ, ७ वर्षीया विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षीया लक्ष्मी दोङ, १२ वर्षीय हिन्दुस दोङ, ३० वर्षीय मानबहादुर दोङ, २२ वर्षीय छविलाल दोङ (अजय), ६ वर्षीय सुमन दोङ, १० वर्षीय सुरज दोङ छन् ।















प्रतिक्रिया