
काठमाडौं, २ भदौ । पछिल्लो २ घण्टाको अवधिमा उपत्यकाको बागमती र विष्णुमती नदीमा जल सतह २ मिटर बढेको छ ।
बागमती र यसका सहायक नदी विष्णुमतीलगाय अन्य स–साना नदीहरुमा पानीको सतह २ मिटरभन्दा बढी बढेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
उक्त क्षेत्रमा सडकसम्मै पानी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । उपत्यकामा मंगलबार बिहानैदेखि पानी परिरहेकाले नदीहरुमा पानीको वहाव बढेको महाशाखाको भनाइ छ ।
ती नदीहरुमा पछिल्लो २ घन्टामा भारी वर्षा मापन गरिएको पनि महाशाखाको भनाइ छ ।















प्रतिक्रिया