३० आश्विन २०८३, शुक्रबार

म्यूजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउने एक जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । म्यूजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम प्रहरीले गोप्य राखेको छ । र्याप गीत ‘देशद्रोही’ शीर्षकमा सार्वजनिक गरिएको एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

उनलाई महानगरीय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको हो । गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।

महानगरीय अपराध महाशाखाले उक्त भिडियोलाई शेयर गर्ने कार्यमा संलग्न नहुने सबैलाई अनुरोध गरेको छ ।

मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ ।

मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरीवाना हुने उल्लेख गरिएको छ ।

यो पढ्नुहोस्–