
काठमाडौं, २ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युवाहरुका कारण कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको बताएको छ ।
कोरोनाभाइस संक्रमण फैलाउन २० देखि ४० वर्षको उमेर समूहहरुको सबैभन्दा ठूलो हात संगठनको दाबी छ । ‘यीमध्ये धेरैलाई उनीहरु कोरोना संक्रमित छन् भनेर थाहा नै छैन’, डब्ल्यूएचओले भनेको छ ।
विश्व स्वास्थ्य संगठनका वेस्टर्न प्यासिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले मंगलबार यस्तो बताएका हुन् । उनले भने, ‘कोरोना फैलने खतरामा थप वृद्धि भइरहेको छ । यो वृद्धा, बिरामी र जो घना जनसंख्या भएको इलाकामा बस्छन् उनीहरुका लागि थप जोखिमयुक्त भएको छ ।’
कासाईले भर्चुअल ब्रिफिङको क्रममा धेरै युवाले आफू संक्रमित हुँदा सावधानी नअपनाएको बताएका छन् । यसले महामारीको अवस्था झन् खराब बन्दै जाने उनले चिन्ता व्यक्त गरेका छन् ।
युवाहरुलले सतर्कता नअपनाउँदा उनीहरुबाट कोरोना भाइरसको जोखिम बढी भएका मानिसहरुमा यसको मार पर्ने कासाईको भनाइ छ ।















प्रतिक्रिया