३० आश्विन २०८३, शुक्रबार

गृहमन्त्रीको अगुवा गाडीले सिंहदरबारअगाडि स्कुटरलाई ठक्कर दियो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का स्कर्टिङका लागि हिँड्ने सुरक्षाकर्मीका अगुवा गाडीले सिंहदरबारपश्चिम गेटमा स्कुरलाई ठक्कर दिएको छ ।

गाडीको ठक्करबाट स्कुटरमा सवार २ जना महिला घाइते भएका छन् । नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको अगुवा जीपले बा ९४ प १०२५ नम्बरको स्कुरलाई ठक्कर दिएको हो ।

जीपको ठक्करबाट नुवाकोट घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

जीप चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।