३० आश्विन २०८३, शुक्रबार

संक्रमण तीव्र बनेको भन्दै कास्कीमा आजैदेखि निषेधाज्ञा जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ भदौ । कोरोना संक्रमितको संख्या बढ्दै गएको तथा मृत्यु समेत हुन थालेपछि कास्की जिल्लामा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समिति, स्थानीय सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

मंगलबारको बैठकले ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने र कार्यान्वयन गराउन सुरक्षा संयन्त्रसमेत परिचालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले बताएको छ ।

चाडवाड नजिकिएसँगै कोरोना संक्रमणको जोखिम पनि बढेको छ भने पछिल्लो समय समुदायस्तरमा संक्रमितको संख्या पनि ह्वात्तै बढेकाले ७ दिन निषेधाज्ञा जारी भएको कास्की प्रहरी प्रमुख जीवनराम श्रेष्ठले जानकारी दिए ।