३० आश्विन २०८३, शुक्रबार

रूसले बनाएको कोरोना खोप स्पुतनिक भीलाई मेक्सिकोको पनि साथ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । रुसले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक भीलाई मेक्सिकोले पनि साथ दिएको छ ।

कतिपय देशले आलोचना गरिरहेको अवस्थामा मेक्सिकोका राष्ट्रपति आन्द्रेज मनेवेल लोपेज ओबराडोरले रुसले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप प्रभावकारी साबित भए त्यसको प्रयोग आफैंबाट शुरुवात गर्ने बताएका छन् ।

यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो टुटेर्टेले आफू रुसको खोपका लागि तयार रहेको बताएका थिए । रुसले २ महीनाको परीक्षणपछि कोरोना भाइरसको खोपका लागि अनुमति दिएको छ । यो खोपले पहिलो चरणको उत्पादन पनि गरिसकेको छ ।

यद्यपि यति कम समयमा कोरोना भाइरसको खोपको उत्पादनलाई अनुमति दिएकोप्रति अन्तर्राष्ट्रियरुपमा नै यसबारे आशंका उत्पन्न भएको छ ।

धेरै वैज्ञानिकहरुले रुसले खोप निर्माणको क्रममा सुरक्षालाई भन्दा पनि राष्ट्रिय प्रतिष्ठालाई बढी प्राथमिकतामा राखेको आरोप लगाइरहेका छन् ।