३० आश्विन २०८३, शुक्रबार

अपडेट : पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु, अस्पताल लैजाने छोरीमा पनि संक्रमण

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

पोखरा, २ भदौ । कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा मृत्यु भएको छ ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो । उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनियाको समेत समस्या थियो ।

मंगलबार बिहान कोरोना पुष्टि भएकी महिलाकी छोरीलाई पनि संक्रमण भएको पुष्टि भएको छ । रोगले च्यापेपछि आमालाई लिएर पोखरा आएकी छोरीमा पनि संक्रमण देखिएको हो ।