३० आश्विन २०८३, शुक्रबार

नेपालले भारतलाई बेच्यो १० करोड ७० लाख युनिट बिजुली

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा बिजुली आयात घटाउँदै १० करोड ७० लाख युनिट बिजुली भारतलाई बेचेको छ ।

केही वर्षभित्रै विद्युत्मा आत्मनिर्भर भइ नेट निर्यात शुरु गर्ने विद्युत् प्राधिकरणको योजना छ । अहिले इनर्जी बैंकिङ अवधारणमा बिजुली निर्यात भएको हो । आर्थिक वर्ष २०७२/७३ मा ३१ लाख ५० हजार युनिट निर्यात भएको थियो ।

निर्यात बढिरहँदा भारतबाट आयात हुने बिजुली भने घट्दै गएको छ । देशमा १४ घण्टासम्म लोडसेडिङ हुँदा देशभित्र कुल विद्युत् खपतको करीब ३५ प्रतिशत विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर, विद्युत् खपत झण्डै ८० प्रतिशतले बढेको अवस्थामा पनि आयातको प्रतिशत ३७ प्रतिशत हाराहारीमा थियो ।

गएको वर्ष बिजुली आयात २२ प्रतिशतमा सीमित भएको छ । आगामी वर्ष ५ देखि १० प्रतिशतमा मात्रै सीमित हुने प्राधिकरणले जनाएको छ ।

यस्तै विद्युत् प्राधिकरणले चुहावट १५ प्रतिशत नजिक झारेको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीमा रहेको २५ दशमलव ७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर आर्थिक वर्ष २०७६/७७ मा १५ दशमलव २७ प्रतिशतमा सीमित गर्न सफल भएको प्राधिकरणले जनाएको छ ।