७ मंसिर २०८३, सोमबार

काेराेनाकाे संक्रमण बढेपछि पाेखरामा साेमबार रातिदेखि निषेधाज्ञा लागू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा, १ भदाैं । कास्कीकाे पोखरामा साेमबार रातिदेखि एक हप्ता निषेधाज्ञा लागू हुने भएको छ ।

साेमबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म निषेधाज्ञा गर्ने निर्णय भएको हो ।

समुदायमा कोरोना सङ्क्रमित भेटिन थालेपछि पोखरा महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको बिहान बसेको बैठकले भदौ ८ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा जारी भएपछि खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहनेछन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।