३० आश्विन २०८३, शुक्रबार

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यदेश निर्धारण गर्दै बैठकले कार्यदलमाथि उठेको प्रश्न निवारण गर्ने बताइएको छ । गत शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल छन् ।

कातर कतिपय नेताहरुले कार्यदल बन्नु ठीक भए पनि त्यसको बैधानिकतामाथि प्रश्न उठाएपछि आजको बैठक निर्धारण गरिएको हो ।

गत साउन ३ गते बसेको सचिवालय बैठक बसेयता नेताहरुबीच विवाद उत्पन्न हुँदा बस्न सकेको थिएन ।

यो पनि पढ्नुहोस्–