८ मंसिर २०८३, मंगलबार

नेकपाकाे सचिवालय बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदाै । पछिल्लाे राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सोमबार बिहान बस्ने भएकाे छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेपछि बस्नेछ । विवाद समाधानका उपायका बारेमा बैठकमा छलफल हुन सक्ने जनाइएकाे छ ।

पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन शुक्रबार ६ सदस्यीय कार्यदल अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले गठन गरेका थिए ।

कार्यदलमा महासचिव पौडेलसहित शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।