
काठमाडौं, ३२ साउन । पर्सा र बारा जिल्लामा पत्रकार, स्वास्थ्यकर्मीसहित ४७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १० महिला रहेको बताइएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा वीरगञ्ज महानगरका १७, बाराका ३, नारायणी अस्पतालका कर्मचारी ७, पर्साको पोखरिया नगरपालिकामा १२, पर्सागढी नगरपालिकाका २, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका, रक्सौल पन्टोकाका १–१ जनामा कोरोना संक्रमण देखिएको हो ।
कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्जका २२ वर्षीय पुरुष, वीरगञ्ज–११ श्रीपुरका ७० वर्षीया महिला र १२ वर्षीय पुरुष संक्रमित भएको बताइएको छ ।
वीरगञ्ज–१२ पानीट्यांकीका १२ र ११ वर्षीय बालक, २० वर्षीया महिला तथा वीरगञ्ज–८ का ३२ वर्षीय पुरुषमा कोरोना देखिएको छ । वीरगञ्ज–४ विर्ताका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन दिनदेखि ज्वरो आएका प्राइम फर्मामा काम गर्ने ६ जनामा कोरोना देखिएको हो । पर्सागढी नगरपालिका–२ बागवानाका २५ वर्षीय पुरुष, पर्सागढी–५ का ३१ वर्षीय पुरुष, विन्दवासिनी–१ का २९ वर्षीय पुरुष, वीरगञ्ज–३२ सोलखपुरका १९ वर्षीय पुरुष, देवरवानाका २९ वर्षीय पुरुष र विरुवागुठीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
आफैं कोरोना जाँच गराएका बाराको कलैयाकाका ६० वर्षीय पुरुष, वीरगञ्ज लाठगल्लीका ४८ वर्षीय पुरुष, तीन दिनदेखि छाती दुखेर कोरोना जाँच गराएका बाराको महागढीमाई नगरपालिका–५ कबहीका ४० वर्षीय पुरुषमा पनि कोरोन पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
भवानी अस्पतालमा उपचाररत वीरगञ्ज–१२ मुर्लीका ५२ वर्षीय पुरुष, नारायणी अस्पतालमा डायलायसिस गराउँदै आएका विरामी ४२ वर्षीय पुरुष, नारायणी अस्पतालको आईसीयुमा उपचाररत २२ वर्षीय युवक, ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज–११ रानीघाटका ३२ वर्षीय पुरुषमा समेत कोरोना देखिएको हो ।
बयोधा अस्पतालमा भर्ना भएका वीरगञ्ज–१४ पिप्राका २९ वर्षीय पुरुष, हाउसकिपिङको काम गर्ने रक्सौल पन्टोकाका २६ वर्षीय पुरुष र स्टोरमा काम गर्ने वीरगञ्जकै ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भयो ।
वीरगञ्ज–१५ भिश्वाका ५० वर्षीया महिला, बहुदरमाई–९ भौराटारका २३ वर्षीय पुरुष, वीरगञ्ज–१ छपकैयाका ४८ वर्षीय पुरुष, वीरगञ्ज परवानीपुरका ३० वर्षीय पुरुष र वीरगञ्ज–१० रानीघाटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
पर्सा प्रदेश २ मा कोरोना संक्रमणको इपिसेन्टर बनेको छ ।















प्रतिक्रिया