काठमाडाैं, ३२ साउन । काठमाडाैं उपत्यकामा उच्च जाेखिम रहेका बेला काठमाडौं महानगरपालिकाभित्र करीव ८ सय जनामा कोरोनाकाे संक्रमण देखिएको छ ।
याेसँगै काठमाडाैं महानगरभित्र काेराेनाकाे उच्च जाेखिम बढेकाे छ । काठमाडाैं महानगरपालिकाकाे २ नं. वडा मात्रै काेराेनाका संक्रमित भेटिएका छैनन् ।
महानगरपालिकाले २९ साउनसम्म कोरोना परीक्षणको नतिजा आएको र त्यसपछि गरिएका परीक्षणका लागि पठाइएका व्यक्तिहरूको नतिजा आउनै बाँकी रहेको जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीले जानकारी दिएका छन् ।











प्रतिक्रिया