भरतपुर, ३२ साउन । चितवनमा थप तीन जना चिकित्सकमा कोरोनाभाइरसकाे संक्रमण भेटिएकाे छ।
भरतपुर अस्पतालमा कार्यरत चिकित्सकहरूमा काेराेनाकाे संक्रमण देखिएकाे भरतपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाका केशव भट्टले जानकारी दिए ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्स र सघन उपचार कक्षमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछि अन्य ७० जना स्वास्थ्यकर्मी तथा बिरामीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
शनिबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ६ जनामा संक्रमण पुष्टि भएको भट्टले बताए।











प्रतिक्रिया