पाेखरा, ३१ साउन । कास्की जिल्लाकाे मादी गाउँपालिका-२ सेतीखोलास्थित नामार्जुङ हाइड्रोपावरमा कार्यरत सिभिल इन्जिनियर मृत फेला परेका छन् ।
गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्तको शव क्युरोखोलामा बिहीबार राति पौने ९ बजे भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
हाइड्राेपावरको अफिसबाट पन्त खाजा खान भनी निस्किएका थिए । पन्तको शव ढुंगामा अड्किएको अवस्थामा थियो ।
घटनाबारे अनुसन्धान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले बताए ।











प्रतिक्रिया