बनेपा, ३१ साउन । संघीय प्रहरी कार्यालय बनेपाका प्रहरीमा देखिएको कोरोना परिवारमा फैलिएको छ ।
विहीबारसम्म १९ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्येका एक प्रहरीका श्रीमती र ७ वर्षीय बच्चामा शुक्रबार कोरोना पुष्टि भएको छ ।
काभ्रेमा पहिलो पटक ७ वर्षीय बच्चामा कोरोना देखिएको हो । शुक्रबार एकै दिन थप ८ जनामा कोरोना संक्रकमण पुष्टि भएको छ ।
विद्युत्त प्राधिकरण पाँचखालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
काभ्रेमा हालसम्म संक्रमितको संख्या ७० पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए । शुक्रबार कोरोना संक्रमण देखिएका अधिकांशलाई घरमै राखिएको छ ।
विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई कोरोनाको लक्षण देखिएको छ । बनेपामा देखिएका संघीय प्रहरीका परिवारमा लक्षण छैन ।
लक्षण नभए पनि संघीय प्रहरी बनेपामा कार्यरत १९ प्रहरीलाई कोराना पुष्टि भएको थियो । बनेपा नगरपालिका वडा नम्वर ९ घर भएका दुई ब्यक्ति काठमाडौको जडिबुटीमा उद्योगमा कार्यरत रहँदा रहँदै पिसिआर गरिएको थियो ।
उनीहरू विहीबार साँझ भक्तपुरदेखि बनेपासम्म सार्वजनिक यातायातमा आएर घरमै बसिरहेका छन् । समुदायले कोरोना पुष्टी भएको थाहा पाए पनि उनिहरुले लुकाउँदै आएका थिए । पछि अस्पताल र नगरपालिकाले कोरोना भएको जानकारी गराए पछि सुमदाय आतंकित भएको छ ।
नमोबुद्ध नगरपालिकामा पहिलो पटक ३ जना बैदेशिक रोजगारबाट फर्किएकाहरुमा कोरोना पुष्टी भएको छ । दुबाईबाट फर्किएका २५ वर्षिय युवक नमोबुद्ध ७ का हुन भने साउदीबाट फर्किएका ३२ वर्ष र २७ बर्षका दुई युवक वडा नम्वर ५ का हुन् । जिल्लामा बैदेशिक रोजगारबाट फर्किएका २२ जना ब्यक्तिहरुलाई यस अघि कोरोना पुष्टी भएको छ । ७० जना मध्ये २५ बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरु संक्रमित छन् भने २० प्रहरी, २ स्वास्थ्यकर्मी, १ जनप्रतिनिधि र २२ जना समुदायका रहेका छन् ।











प्रतिक्रिया