२ कार्तिक २०८३, सोमबार

आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० साउन । जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लाइपजिकले बिहीबार राति भएको क्वार्टरफाइनलमा एट्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

लाइजिगले क्लब फर्मेसन भएको ११ वर्षमै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० मिनेटमा लाइपजिगले अग्रता लियो । उसका लागि ओल्मोले गोल गरे ।

७१ मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्कायो। उसका लागि सेक्विइराले पेनाल्टीमा बराबरी गोल गरे।  खेल सकिन दुई मिनेट बाँकी छदा लाइपजिगले खेलमा दोस्रोपटक अग्रता लियो। टेलर एडम्सले ८८ मिनेटमा लाइपजिगका लागि दोस्रो गोल गरे।

अब सेमिफाइनलमा लाइपजिगले फ्रेञ्च क्लब पिएसजीसँग प्रतिस्पर्धा गर्नेछ। लिगमा शुक्रबार राति स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ ।