६ कार्तिक २०८३, शुक्रबार

सुर्खेतको वीरेन्द्रनगरको सेवा भदौ ५ गतेसम्म बन्द

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ साउन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक हप्ता सेवा बन्द गर्ने भएको छ ।

कोरोना संक्रमणको जोखिम बढेपछि साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने नगरपालिकाले जनाएको छ ।

नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले वुधबार यस्तो निर्णय गरेको बताइएको छ ।

यो अवधिमा स्वास्थ्य, सरसफाइ, फोहोरमैला तथा विपद् व्यवस्थापनबाहेकका कुनै पनि सेवा प्रवाह हुने छैनन् । नगरपालिकामा १६ वटा वडा रहेका छन् ।

वीरेन्द्रनगरमा बुधवार बिहान थप १९ जनामा संक्रमण देखियो । तीमध्ये ५ जना समुदायका भेटिएपछि संक्रमण फैलिन नदिन सेवा बन्द गरिएको जनाइएको छ ।

वीरेन्द्रनगर क्षेत्रमा दैनिक सयौँको आवतजावत हुँदा सुरक्षाका सावधानी अपनाइएको पाइएको छैन । त्यसैले संक्रमणको जोखिमलाई ध्यानमा राखेर सेवा बन्द गर्नुपर्ने भएको नगरपालिकाले जनाएको छ ।