२ कार्तिक २०८३, सोमबार

बेलारुसमा प्रहरी हिरासतमै प्रदर्शनकारीको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्काे, २९ साउन । बेलारुसमा एक प्रदर्शनकारीको प्रहरी हिरासतमै मृत्यु भएको छ । विवादास्पद राष्ट्रपतीय चुनावपछि गएको आइतबारदेखि सुरु भएको प्रदर्शनको क्रममा अहिलेसम्म दुईजनाको ज्यान गइसकेको छ ।

गोमेलमा रहेको प्रहरी हिरासतमा २५ वर्षका व्यक्तिको मृत्यु भएको हो । सरकारी अधिकारीले मृत्यु कारण थाहा नभएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर ती युवाकी आमाले भने आफ्नो छोरालाई मुटु सम्बन्धी समस्या रहेको र प्रहरीले घण्टौँसम्म भ्यानमा राख्दा समस्या भएर उनको निधन भएको हुन सक्ने बताएकी छन् ।

प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदै आएको छ र प्रहरीले ज्यादती गरेको अभियोग लागेको छ । प्रहरी भने आफूहरुमाथि आक्रमणपछि मात्रै बल प्रयोग गरेको दाबी गर्छ ।

संयुक्त राष्ट्रसंघले प्रदर्शनकारीमाथि प्रशासनद्वारा भइरहेको बल प्रयोगको आलोचना गरेको छ । प्रहरीको बल प्रयोगका कारण कम्तीमा २०० प्रदर्शनकारी घाइते भएको र त्यस मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।