
काठमाडौँ, २८ साउन । गृह मन्त्रालयले ७७ वटै जिल्लालाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ ।
वुधबार सूचना जारी गर्दै मन्त्रालयले बिहीबारबाट लागू हुने गरी ७७ वटै जिल्ला प्रशासन कार्यालयलर्या सवारी पास वितरण बन्द गर्ने निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्ने गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।
कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ । पछिल्लो २४ कोरोना भाइरसको संक्रमणका कारण करिब १ दर्जन मृत्यु भएको छ भने ४८४ जना संक्रमित थपिएका छन् ।
साउन ६ गतेबाट लकडाउनको अन्त्य भएसँगै कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढीरहेको छ ।
















प्रतिक्रिया