
काठमाडौँ, २८ साउन । कोरोनाका कारण प्रदेश २ मा वुधबार थप २ जनाको मृत्यु भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार महोत्तरी मटिहीनी नगरपालिका ६ का ४५ वर्षीय पुरुष र सप्तरी राजविराज ६ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यस्तै, प्रदेश २ मा वुधबारै थप २६१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितहरुमध्ये महोत्तरीमा ३ महिलासहित ४३ जना, धनुषामा ५ महिलासहित ३९ जना, सिरहामा २४ जना, बारामा ३५ जना, पर्सामा ४ जना, सर्लाहीमा ७ महिलासहित ४२ जना, रौतहटमा ३ महिलासहित २७ जना र सप्तरीमा ११ महिलासहित ४७ जना रहेका छन् ।
प्रदेशमा हालसम्म ३३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । त्यस्तै, संक्रमितको संख्या ६ हजार २ सय ८९ जना पुगेका छन् । जसमा ६ सय ७३ जना महिला रहेका छन् । त्यस्तै, ३ हजार ४ सय ४८ जना निको भइसकेका छन् ।















प्रतिक्रिया