६ कार्तिक २०८३, शुक्रबार

वीरगञ्जको सडकमा मृत भेटिएका युवकमा कोरोना पुष्टि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ साउन । वीरगञ्जको सडकमा मृत भेटिएको बाराका एक युवकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

उपाध्यायका अनुसार मृतकको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार दिउँसो करिब साढे ३ बजे मृत अवस्थामा फेला परेका थिए ।

नारायणी अस्पतालमा शव पोष्टमार्टमका लागि लगिएको र त्यहीँ स्वाब परीक्षण गर्दा पोजेटिभ आएपछि शव व्यवस्थापनका लागि बारामा नेपाली सेनालाई आग्रह गरिएको बताइएको छ ।