
काठमाडौँ, २८ साउन । नेपालमा वुधबार थप ४ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप ४ सय ८४ जना संक्रमित थपिएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या २४ हजार ४ सय ३२ जना पुगेको छ ।
त्यस्तै, प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या १६ हजार ७ सय २८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
विगत २४ घण्टामा देशभर १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया