६ कार्तिक २०८३, शुक्रबार

धरानमा भदौ ३ गतेसम्मका लागि लकडाउन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ साउन । सुनसरीको धरान उपमहानगरपालिकामा लकडाउन भदौ ३ गतेसम्मका लागि बढाइएको छ ।

उपमहानगरपालिकाले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकाले लकडाउन गरिएको जनाएको छ ।

यसअघि लकडाउनको समय साउन २८ गते मध्यराति १२ बजे सम्म तोकिएको थियो । लकडाउनको म्याद सकिन लागेपनि धरानमा गरिएको रेण्डम मास पीसीआर टेस्टिङको नतिजाले लकडाउन फेरि बढाउनु पर्ने अवस्था आएको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।

कार्यपालिका बैठकले धरान बाहिरका नाकाबाट ल्याइने फलफुल तरकारी, दुधलाई रोक्ने निर्णय गरेको छ । धरानभित्रै उत्पादित तरकारी प्रयोग गरिने जनाइएको छ ।

यसैबीच चारदिन अघि धरान १५ वडा कार्यालयमा रेण्डम मास टेस्टिङमा २ सय ६६ जनाको स्वाब संकलन गरिएका मध्ये नेकपा धनकुटाबाट

प्रदेशसभामा समानुपातिक सांसद र उनका श्रीमानसहित धरानका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमितमध्ये ६ जना धरानका हुन् ।