
काठमाडौँ, २८ साउन । प्रदेश १ मा थप ४८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
गत २४ घण्टामा थप ४८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
वुधबार थपिएका संक्रमितहरुमध्ये मोरङका २४ जना, सुनसरीका १४ जना, झापाका ९ जना र प्रदेश बाहिरका एक जना रहेका छन् ।
मोरङको विराटनगरमा धेरै संक्रमित १२ जना वुधबार थपिएका हुन् । रंगेलीका ३ महिलासहित ९ जना, बबियाका १ पुरुष र गुलुमका २ पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै, सुनसरी धरानका ४ महिलासहित ९ जना, दुहवीका ३ जना र कोशी गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ७ सय ११ जना पुगेको छ ।
त्यस्तै, वुधबार मोरङको बुढीगंगा २ का कोरोना संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । पछिल्लो मृत्युसँगै मृतकको संख्या ७ पुगेको छ । उनीहरु सबै मोरङका हुन् ।















प्रतिक्रिया