
काठमाडौँ, २८ साउन । काठमाडौँको धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएका धादिङका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।
उनमा श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
निलकण्ठ नगरपालिका १४ का एक पुरुषको मंगलबार ४ बजे ह्याम्स अस्पतालमा मृत्यु भएको थियो । धादिङवेशी काठमाडौँ रुटमा गाडी चलाउने ती व्यक्ति लकडाउन भएर सवारीसाधन नचलेपछि गाउँमा नै रहेका थिए ।
उनको मंगलबार मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
मृतक गाउँमै रहँदा निमोनियाको शंका लागेपछि सोमबार विहान उपचार गराउन जिल्ला अस्पताल धादिङवेशी गएका बताइएको छ । उनको फोक्सो गम्भीर समस्या देखिएपछि काठमाडौँ रिफर गरिएको थियो ।















प्रतिक्रिया