
काठमाडौँ, २८ साउन । महोत्तरी, झापा, बर्दिया र सर्लाहीमा डुबेर ४ जनाको मृत्यु भएको छ ।
महोत्तरीको औरही नगरपालिका २ चेपकटटोल बस्ने अमित सदाको ४ बर्षीया छोरा सोहन सदाको घर नजिकै रहेको पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको हो ।
त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका ८ हात्ती किल्ला बस्ने ५२ बर्षीय प्रिती कुमार राईको खेतको पानीमा डुबेर मंगलबार साँझ मृत्यु भएको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका ३ भुण्डागौडीस्थित रहेको बुढी खोलामा डुबेर
झुण्डिपुर बस्ने हिरा चौधरीको ४ बर्षीया छोरी ओराही चौधरीको मंगलबार साँझ मृत्यु भएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका ४ बस्ने राजाराम राउतको १८ बर्षीया छोरा विकास राउतको मेस्तरस्थित कदम पोखरीमा डुबेर मंगलबार मृत्यु भएको छ । पोखरीमा डुबेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया