
काठमाडौं, २८ साउन । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको थियो । ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो ।
यता, ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित जनकपुरकी ३८ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ ।











प्रतिक्रिया