आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न अहिलेनै सक्दैनाैँः डब्ल्यूएचओ

दैनिक नेपाल २०७७ साउन २८ गते १०:०५

लण्डन, २८ साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न यसबारे केही जानकारी नभएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनअन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘रुसले भ्याक्सिन बनाउन शुरु गर्नेछ भन्ने सुनेको छु । जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन ।’

भ्याक्सिन बनाउने जो सुकैले पनि यो प्रक्रियाको पालना गर्नुपर्छ र भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको भनेर सुनिश्चित गर्नुपर्छ ।

गत हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित