७ मंसिर २०८३, सोमबार

भारतबाट फर्किएका यात्रु बाेकेकाे बस डाेटीमा दुर्घटना

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डाेटी, २८ साउन । डाेटी जिल्लामा बस दुर्घटना भएकाे छ । दुर्घटनामा चार जनाकाे मृत्यु भएकाे छ भने ३१ जना घाइते भएका छन् ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट भारतबाट फर्किएकाहरूलाई बाेकेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले अछामका लागि छुटेको बस डोटीमा दुर्घटनामा परेको पुष्टि गरेको छ ।

दुर्घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ । प्रहरी टोली घटना स्थल पुगेको छ ।