२ कार्तिक २०८३, सोमबार

काठमाडौं उपत्यकामा संक्रमण तीव्र

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो।

काठमाडौंमा पाँच सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ। यस अवस्थामा बढ्दा बेड अभावको स्थिति पनि छ’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। उनका अनुसार काठमाडौंसहित पर्सा, रौतहट, महोत्तरीमा पाँच सयभन्दा बढी संक्रमित छन्।

साउन ६ गते लकडाउन अन्त्य गरिँदा संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ थियो। अहिले बढेर २३ हजार ९ सय ४८ पुगेको छ। जोखिम कायमै रहेका बेला लकडाउन अन्त्यको निर्णयपछि संघीय राजधानी आउने संख्या बढेको थियो। असार २७ गतेदेखि साउन १२ गतेसम्म दैनिक औसत पाँच जना नयाँ संक्रमित पुष्टि भएका थिए।

लकडाउन अन्त्यसँगै उपत्यकामा संक्रमितको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। फलफूल एवं तरकारी व्यवसायी, नाई, होटल व्यवसायी, ब्युटिपार्लर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतमा संक्रमण देखिएको छ। जनप्रतिनिधि पनि संक्रमित पाइएका छन्।

उपत्यकामा साउन १३ गते ५३ जनामा कोरोना पोजिटिभ देखिएको थियो। साउन १५ गते ४८, १८ गते ३१, १९ गते ५१ जना नयाँ संक्रमित पुष्टि भएका थिए। साउन २० मा ६२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ। दिनेश गाैतमले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।