६ कार्तिक २०८३, शुक्रबार

७ प्रहरीसहित पोखरामा थप १७ जनामा कोरोना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ साउन । पोखरामा ७ जनामा प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

ड्युटीमा खटिएका एक जना प्रहरीमा साउन २१ गते संक्रमण देखिएको थियो । उनीसँग सम्पर्कमा आएका अन्यको परीक्षण गर्दा मंगलबार थप ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितमध्ये एक जना पुरुष र ६ जना महिला रहेका जनाइएको छ ।

त्यस्तै, पोखरामा आइतबार संक्रमित भएकाको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ४ जनामा संक्रमण देखिएको र कसैसँग सम्पर्कम नआएका ६ जनामा पनि कोरोना देखिएको महानगरले जनाएको छ ।

मंगलबार मात्रै पोखरामा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै संक्रमितको संख्या १ सय ९० जना पुगेको छ । जसमध्यै १ सय ३४ जना निको भइसके भने ५५ जना उपचाररत रहेका छन् ।