
काठमाडौँ, २७ साउन । वीरगन्जको नारायणी अस्पतालकी एक स्वास्थ्यकर्मीमा निको भएको साढे २ महिनापछि फेरि कोरोना संक्रमण देखिएको छ ।
नारायणी अस्पतालको पेडयाक्ट्रिक विभागमा कार्यरत ३६ वर्षीया स्टाफ नर्समा कोभिड अस्पतालमा उपचार गराएर घर फर्किएको ७५ दिनपछि फेरि संक्रमण देखिएको हो ।
फेरि संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
हल्का खोकी लागेपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ ।
रिपोर्ट सोमबार आएको थियो ।
उनी अस्पतालमा बेड खाली नभएपछि अस्पतालकै क्वार्टर आइसोलेसनमा बसेकी छन् । यसअघि वैशाख ३१ गते संक्रमण पुष्टि भएको उनमा २ हप्ताको उपचारपछि कोरोनामुक्त भएकी थिइन् ।















प्रतिक्रिया