
काठमाडौँ, २७ साउन । सरकराले शैक्षिक संस्थाहरु अनिश्चितकालसम्मका लागि बन्द हुने जनाएको छ ।
पछिल्लो समय कोरोनाभाइरस संक्रमणको जोखिम बढेको भन्दै अर्काे सूचना जारी नभएसम्मका लागि शैक्षिक संस्थाहरु बन्द रहने भएको हो ।
सोमवार बसको मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिएका हुन् ।
‘शैक्षिक संस्था, सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ’ डा. खतिवडाको भनाई छ ।
यसअघि सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने निर्णय गरेको थियो ।















प्रतिक्रिया