
काठमाडौँ, २७ साउन । काठमाडौँ उपत्यकामा नापी र मालपोत कार्यालयहरु वुधबारदेखि भदौ १५ गतेसम्म बन्द गरिएका छन् ।
घरजग्गा कारोबारका कारण भीडभाड हुने र कोरोना संक्रमणम फैलिन सक्ने भन्दै ति कार्यालयका सेवाहरु स्थगित गरिएको जनाइएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै मालपोत कार्यालयहरुलाई मंगलबार परिपत्र गर्दै सो जानकारी गराएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रमुख महानिर्देशक शेषनारायण पौडेलले अत्यावश्यक र आकस्मिकबाहेकका सेवा प्रवाह स्थगित हुने जनाएका छन् ।
भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको मन्त्रीस्तरीय निर्णय अनुसार विभागले पत्राचार गरेको हो ।
उक्त अवधिमा कार्यालयको आन्तरिक प्रशासनिक कार्यहरु पनि सुचारु हुने र उपत्यका बाहिरका कार्यालयहरुको सेवा प्रवाह प्रदेश सरकार तथा स्थानीय प्रशासनको समन्वयमा सञ्चालन हुने विभागले जनाएको छ ।
















प्रतिक्रिया