६ कार्तिक २०८३, शुक्रबार

देशभर १८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ साउन । नेपालमा १ सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६० महिला र १२३ पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार प्रदेश २ मा सबैभन्दा बढी ७८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५८ जना पुरुष र २० जना महिला स्वास्थ्यकर्मी रहेका छन्

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा १४ पुरुष र १३ महिला गरेर २७ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कर्णाली प्रदेशमा १६ पुरुष र ६ महिला गरेर २२ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

सँगै गण्डकी प्रदेशमा १४ पुरुष र ६ महिला गरेर २० स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ भने बागमती प्रदेशमा ८ पुरुष र ८ महिला गरेर १६ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ मा ६ महिला र ६ पुरुष गरेर १२ र प्रदेश १ मा ७ पुरुष र १ महिला गरेर ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ पुगेको छ । कुल संक्रमितको संख्या भने २३ हजार ९४८ रहेको छ ।